कार्तिक ५, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाको घ्याम्पेेेसालबाट बोर्लाङ तर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुदा ४ जना घाइते भएका छ्न । ना ३ त ६५२१ काे ट्याक्टर झिंगटे भन्ने स्थान नजिकै सिमलगैरीमा दुर्घटना हुँदा ट्याक्टरमा सवार ४ जना घाइते भएका स्थानीय सुरजीत भट्टराइले जानकारी दिनुभयो ।
राती करिब ८ :३० बजे भिमसेन थापा गाउँपालिका ६ को झिंगटे नजिकै दुर्घटना भएको हाे । ट्याक्टर सडकबाट ३०० मिटर तल पुगेकाे प्रहरीले जनाएकाे छ । घाइतेहरुलाइ उद्धार गरी स्थानीयहरुले गाेरखा अस्पताल ल्याइएको छ । घाइतेहरुकाे अहिले गाेरखा अस्पतालमा उपचार भैरहेकाे छ ।