Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अमेरिकाले गर्यो गुुगल माथि मुद्दा दायर


3.2K
Shares

अमेरिकाले गर्यो गुुगल माथि मुद्दा दायर

एजेन्सी ५, कात्तिक । एकाधिकार कायम गरेको भन्दै अमेरिकाले गुगुलमाथि मुद्दा दायर गरेको छ । प्रतिस्पर्धा सम्बन्धी कानूनको उल्लङ्घन गरी इन्टरनेटमा हुने खोजी र अनलाइन विज्ञापनमा एकाधिकार कायम गरेको आरोपसहित अमेरिकाले गुगलविरुद्ध मुद्दा दायर गरेको हो ।

एक वर्ष भन्दा बढीको अनुसन्धानपछि अमेरिकाको न्याय विभाग र ११ राज्यले संघीय अदालतमा गुगलविरूद्ध मुद्दा दायर गरेका हुन् । गुगलले प्रत्येक वर्ष अर्बौ डलर विभिन्न ब्राउजर तथा मोबाइल फोन सहितका डिभाइसमा गुगललाई ‘डिफल्ट’ का रुपमा इन्स्टल गर्नका लागि खर्च गर्ने गरेको मुद्दामा उल्लेख छ ।

यस्तो कार्यले गुगलको स्थान इन्टरनेटमा गेटकिपरको जस्तो भएको र यसले इन्टरनेटमा हुने खोजीमा उसको एकाधिकार कायम भएको उल्लेख छ । अमेरिकामा इन्टरनेटमा हुने खोजीको ८० प्रतिशत गुगल मार्फत हुने गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology