Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चाडवाडमा बाहिरबाट आउनेहरुलाई गोरखा नगरपालिकाले गर्यो यस्तो आग्रह


3.7K
Shares

चाडवाडमा बाहिरबाट आउनेहरुलाई गोरखा नगरपालिकाले गर्यो यस्तो आग्रह

गोरखा ५, कात्तिक ।  गोरखा नगरपालिकाले बिदेश तथा बाहिरी जिल्लाबाट आएकाहरुलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ । चाडवाडका बेला बाहिरबाट आएकाहरुलाई बिषम परिस्थितीलाई मध्यनगर गर्दै स्वास्थ्य मापदण्ड अपनाएर होम क्वारेन्टिनमा बस्न नगरपालिकाले आग्रह गरेको हो ।

नगरबासीको नाममा नगरपालिकाले आज एक अनुरोध पत्र जारी गर्दै बिदेशबाट आउने सबै ब्यक्तिहरुलाई अनिबार्य रुपमा सम्वन्धित वडा अध्यक्षलाई जानकारी गराई सम्वन्धित वडाको स्वास्थ्य चौकीमा विवरण टिपाएर अनिवार्य रुपमा होम क्वारेन्टिनको नियम पालना गरी बस्न भनेको छ । साथै बाहिरी जिल्लाबाट आउने ब्यक्तिहरुले अनिबार्य रुपमा होम क्वारेन्टिनको नियम पालना गरी बस्न नगरपालिकाले आग्रह गरेको छ ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुको नियमित स्वास्थ्य अवस्थाबारे स्वास्थ्य संस्था र टोल बिकास संस्था मार्फत निगरानी नगरपालिकाले गर्ने जनाएको छ । नगरपालिकाले त्यस्ता ब्यक्तिको स्वास्थ्य अवस्था बिग्रिएको खण्डमा तत्काल अस्पताल लैजानका लागि नगरपालिकाको समन्वयमा वडा अध्यक्षको संयोजकत्वमा सबै वडामा समितिको ब्यवस्था मिलाईएको जनाएको छ ।

साथै चाडपर्वमा सार्वजानिक सवारी र निजी सवारी साधन अत्यावश्यक काम नपरी नगर्न भन्दै प्रयोग गर्नै परेको खण्डमा सवारीमा भिडभाड नगरी यात्रा गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न समेत सवैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology