Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा एकैदिन आज २४ जनामा कोरोना पुष्टी, मनकामना क्षेत्रमा मात्र १५ जनामा संक्रमण


2.3K
Shares

गोरखामा एकैदिन आज २४ जनामा कोरोना पुष्टी, मनकामना क्षेत्रमा मात्र १५ जनामा संक्रमण

गोरखा ५, कात्तिक ।  गोरखा जिल्लामा आज एकैदिन थप २४ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको शहिद लखन गाउँपालिका भित्र मात्र थप २० जनामा कोरोना संक्रमणको पुष्टी भएको गण्डकी  प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै आरुघाट गाउँपालिकामा १ जना, बारपाक सुलिकोट गाउँपालिकामा १ जना र गण्डकी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण भेटिएको निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

शहिद लखन गाउँपालिकाको  मनकामना क्षेत्रमा एकैदिन ठूलो संख्यामा संक्रमित भेटिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । त्यहाँ १५ संक्रमणको पुष्टी भएको उहाँले बताउनुभयो । त्यस्तै वडा नम्बर ६ घैरुङमा ५ जनामा संक्रमणको पुष्टि भएको श्रेष्ठले जानकारी दिनुभयो । सहिद लखनमा संक्रमण पुष्टी भएकाहरुमा २ बर्षका बालिकादेखि ८६ बर्षका बृद्धा समेत रहेको निर्देशनालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । त्यस्तै जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ मा एक पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ । संक्रमित २७ बर्षिय पुरुषको कन्ट्रयाक ट्रेसिङका क्रममा स्वांब सकंलन गरि कोरोना परीक्षणका लागि पठाइएको थियो ।

यता जिल्लाको गण्डकी गाउँपालिकाका वडा नम्बर २ का ४४  र २४ बर्षका २ जना महिलामा पनि बुधबार नै कोरोना पुष्टी भएको निर्देशनालयले जारी गरेको  बिज्ञप्तीमा जनाइएको छ । निर्देशनालयले आज बिहान जारी गरेको बिज्ञप्तीमा पनि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ की एक महिलामा संक्रमणको पुिष्टी गरेको थियो । यो संगै गोरखा जिल्लामा आज एकैदिनमा २४ जनामा संक्रमणको पुष्टी भएको हो । संक्रमित सवै कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरि परीक्षणका लागि पठाइएकाहरु रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology