Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाबाट कोरोना जाँचका लागि पठाइएको स्वांब परीक्षण नगरी गोरखा मै फिर्ता


1.9K
Shares

गोरखाबाट कोरोना जाँचका लागि पठाइएको स्वांब परीक्षण नगरी  गोरखा मै फिर्ता

गोरखा ५, कात्तिक ।कोरोना भाइरस संक्रमण परीक्षणका लागि गोरखाबाट काठमाडौं पठाइएको स्वाब फिर्ता भएको छ ।काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले स्वाव परीक्षण नगरी मंगलबार फिर्ता पठाएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहका २ सय ३४ जनाको स्वाबको नमुना संकलन गरेर परीक्षणका लागि मंगलबार काठमाडौ पठाइएको थियो । प्रयोगशालाले परीक्षण गर्न नमानेपछि फिर्ता ल्याइएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिनुभयो । अहिले ती स्वाब परीक्षणका लागि पोखरा पठाइएको अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology