Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाक सुलिकोट गाउँपालिकाद्धारा श्रमिकलाई दशै मनाउन रोजगारीसंगै खाद्यान्य प्रदान


1.8K
Shares

बारपाक सुलिकोट गाउँपालिकाद्धारा श्रमिकलाई दशै मनाउन रोजगारीसंगै खाद्यान्य प्रदान

गोरखा ५, कात्तिक  । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले राहात आबश्यक पर्ने श्रमिकलाई रोजगारी दिएर खाद्यान्य प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण रोजगारी गुमाएका श्रमिकहरुलाई दशै खर्च जुटाउन गाउँपालिकाले रोजगारी दिएर खाद्यान्य उपलब्ध गराएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । ‘जसजसलाई राहत दिनुपर्ने थियो, उहाँहरुको छनोट गरि रोजगारी दियौं, अध्यक्ष भट्टले भन्नुभयो, बिकासको काम पनि भयो रोजगारी गुमाएकालाई खाद्यान्य जुटाउन पनि सजिलो भयो ।’

रोजगारमा संलग्न श्रमिकहरुलाई चामल, नुन ,तेल, दाल लगायतका खाद्यन्न वितरण गरिएको अध्यक्ष भट्टले बताउनुभयो । दशैका बेला गाउँपालिका भित्रका सडकबाटो, कुलो, गोरेटो बाटो, सडक नाला सरसफाई लगायतका कार्यमा मजदुरलाई रोजगारी दिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले चाडपर्व सुरु हुन लागेको पूर्वसन्ध्यामा कोभिड–१९ को कारण रोजगारी गुमाएका श्रमिकहरुको समस्यालाई मध्यनजर गर्दै रोजगारी निर्णय गरेको थियो ।

‘बिपन्न समुदायलाई लक्षित गर्दै राहातका लागि रोजगारी कार्यक्रम सञ्चालनका गरि काम बिहिन जनसमुदाय तथा बिपन्न नागरिकहरुलाई रोजगारीमा दिएको उहाँले बताउनुभयो । रोजगारीमा सहभागी भएका मजदुरहरुलाई दैनिक ६ सय ५० रुपैयाका दरले ज्याला प्रदान गरिएको थियो । ‘राहातका लागि रोजगारीमा सहभागी भएका नागरिकहरुले दैनिक ८ घण्टा काम गरेका थिए ।’‘काम गरिसकेपछिको भुक्तानी वडा कार्यालयले कामको अनुगमन गरिसकेपछि वडा कार्यालय मार्फत भएको हो ।

गाउँपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा रु २७ लाख ५० हजार रकम विनियोजन गरी सङ्कटमा परेका श्रमिकहरुलाई रोजगारी दिएर खाद्यन्न तथा नगद प्रदान गरेको प्रशासकिय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो । यस कार्यक्रमबाट बन्दाबन्दीपछि अहिलेसम्म बारपाक सुलिकोट गाउँपालिका भित्रका झण्डै तीन हजार श्रमिकहरुले रोजगार पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology