Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाबुरामको सरकारलाई व्यङ्ग्य : ‘दानपत्र राखौं, तर सबैलाई निशुल्क उपचार गरौं’


2.9K
Shares

बाबुरामको सरकारलाई व्यङ्ग्य : ‘दानपत्र राखौं, तर सबैलाई निशुल्क उपचार गरौं’

फाइल फोटो

काठमाण्डौ ५, कात्तिक । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई कोरोना संक्रमितको उपचार खर्च सरकारले नव्यहोर्ने निर्णय गरेपछि दापत्र राखेर सवैको निशुल्क उपचार गर्न सुझाव दिनुभएको छ । जनता समाजबादी पार्टी (जसपा) का सघिय परिषद् अध्यक्ष समेत रहनु भएका पूर्वप्रधानमन्त्री भट्टराई सामाजिक सञ्जाल ट्विटर मा व्यङग्य गदै सरकारलाई यस्तो सुझाव दिनुभएको हो ।

सरकार जनताको निशुल्क उपचारको दायित्वबाट भाग्न खोज्नु गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको भन्दै यहाँले अस्पतालमा राखेर भएपनि निशुल्क उपचार गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभएको छ, ‘यो पैसाको अभाव हैन, जनताको ज्यान जोगाउन अरु सबै खर्च रोके हुन्छ’ ‘भ्रष्टाचार र फजुल खर्च रोके रोक मात्र पनि कोरोना संक्रमितको उपचार निशुल्क गर्न पुग्छ । ’

सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो ।
ट्विटमा डा भट्टराईले उल्लेख गर्नुभएको छ । ‘ अस्पतालमा धनीले दिन चाहे दानपत्र राखौ, तर सबैलाई निशुल्क उपचार गरौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology