Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सरकारविरुद्ध विप्लव समूहद्धारा संघर्षको घोषणा


5.4K
Shares

सरकारविरुद्ध विप्लव समूहद्धारा संघर्षको घोषणा

काठमाण्डौ ५, कात्तिक । नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । सरकारले कोरोना संक्रमितको जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै संघर्षका कार्यक्रमम घोषणा गरेको हो ।

कात्तिक १५ गतेदेखि २० गतेसम्म विभिन्न संघर्षका कार्यक्रम हुने विज्ञप्ती मार्फत जानकारी गराएको छ । कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने विप्लव समूहले जनाएको छ ।

वर्तमान सरकार जनता र राष्ट्रपति हदैसम्म गैरजिम्मेवार बनेको आरोप लगाउदै उत्त समूहले सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको ठहर छ । बिज्ञप्तीमा सरकार कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर अमानवीय बनेको आरोप समेत लगाएका छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology