Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गण्डकी प्रदेशका मन्त्रीहरुको दशै भत्ता कोरोना कोषमा जम्मा


4.1K
Shares

गण्डकी प्रदेशका मन्त्रीहरुको दशै भत्ता कोरोना कोषमा जम्मा

गोरखा ५, कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीहरुले पाएको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।बुधबार बिहान प्रदेश मन्त्रिपरिषदको बैठकले दशैं भत्ता बापत पाएको सबै रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यसअघि कोरोना महामारी सुरु हुनासाथै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उनको सचिवालयका सदस्यहरु र मन्त्रीहरुको १ महिनाको तलब कोरोना कोषमा जम्मा गरिएको थियो । मुख्यमन्त्री, मन्त्री र सांसदहरुले चाडपर्व भत्ता स्वरुप १ महिनाको तलब बराबरको रकम पाउँछन् ।

कर नकाटी आउने उक्त भत्ताको सबै रकम कोरोना कोषमा दाखिला गर्ने निर्णय मन्त्रिपरिषबाट भएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।यसअघि गण्डकी प्रदेश सभामा कांग्रेस र जनमोर्चाका सदस्यहरुले दसैं भत्ता फिर्ता गर्ने जनाइसकेका छन् । सांसदहरु सबैको खातामा प्रदेश सभा सचिवालयले दसैं भत्ता दाखिला गरिसकेको छ । सांसदहरुको मासिक पारिश्रमिक ५२ हजार रुपैयाँ हुन्छ ।

दलका सचेतकले भने ५४ हजार २०० रुपैयाँ पाउँछन् । प्रमुख सचेतकको तलब ५६ हजार ८४० रुपैयाँ हुन्छ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको मासिक पारिश्रमिक ७० हजार र मन्त्रीहरुको ६० हजार रुपैयाँ छ ।मन्त्रिपरिषद्ले कोभिड १९ का बिरामीको निशुल्क उपचार गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology