गोरखा ४, कात्तिक । जनयुक्तका क्रममा शहादत प्राप्त गर्नुभएका तत्कालिन नेकपा (माओबादी ) निकट अखिल नेपाल महिला सङ्गठन क्रान्तिकारी जिल्ला सचिव कमला भट्टको २३ औं स्मृती दिवस मनाइएको छ ।
जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाको ताकुमाझ लाकुरीबोटमा शहिद भट्टको स्मृतिसभा कार्यक्रम गरिएको हो । परिवर्तनका लागि राजनितिक साङ्गठनिक मोर्चाको नेतृत्व गरि जनयुद्धमा होमिनु भएकी भट्टलाई तत्कालिन शाहि सेनाले घेरा बन्दिमा परि हत्या गरेको थियो ।
स्मृतिसभा कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट, नेकपा बारपाक सुलिकोट गाउँपालिकाका पार्टी अध्यक्ष नरबहादुर गुरुङ लगायतले शहिद भट्टको तस्विरमा माल्र्यापण गनुभएको थियो ।