Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सिरानचोक गाउँपालिकाको केन्द्र तत्काल चित्रेपोखरी नर्सान अन्तरिम आदेश


5.8K
Shares

सिरानचोक गाउँपालिकाको केन्द्र तत्काल चित्रेपोखरी नर्सान अन्तरिम आदेश

गोरखा ३, कात्तिक । सर्वोच्च अदालतले गोरखाको सिरानचोक गाउँ कार्यपालिकाको कार्यालय तत्कालका लागि छोप्राकबाट सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको छ ।गोरखाको सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीमा नसार्न सर्वोच अदालतले अन्तरिम आदेश दिएको छ । न्यायधीशद्वय मनोजकुमार शर्मा र चुडामणि शर्माको इजलासले विवादित केन्द्रबारे अन्तिम टुंगो नलागेसम्म छोप्राकबाट चित्रेपोखरी केन्द्र नर्सान आदेश दिएको हो ।

बैठकले गाउँपालिकाको वडा नम्बर ४ स्थित छोप्राक मैदानडाँडामा रहेको केन्द्र वडा नम्बर ५ चित्रेपोखरी सार्ने निर्णय गरेको थियो । गाउँसभाको निर्णयलाई गाउँपालिकाले नेपाल सरकार समक्ष सिफारिस गर्न प्रदेश सरकारलाई पत्राचार गरिसकेको छ । तर संघिय सरकारले त्यसको टुङगो नलगाउदै अहिले चित्रेपोखरीबाट गाउँपालिकाले सेवा सुरु गरिसकेको छ ।

सर्वोच्चले दिएको अन्तरिम आदेशमा भनिएको छ, ‘ सिरानचोक गाउँपालिकाले २०७७ असार ३१ गतेनिर्णय गरी कार्यालय सार्ने काम गरेकाले सो को काम कारबाही अन्तिम टुंगो नलागेसम्म गाउँपालिकाको केन्द्र यथा अबस्थामा राख्नू भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।’ सर्वोच्चले असोज गएको गाउँपालिकाको केन्द्र तत्कालका लागि यथाबत राख्न भनेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology