गोरखा ३, कार्तिक । गोरखा – जुवा खेलेर प्रहरीले नियन्त्रणमा लिएको १२ जना बिरुद्व जिल्ला प्रशासन कार्यालयमा मुद्वा दायर गरेको छ । गोरखा नगरपालिका ४ पन्थेश्वाराँ क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको १२ जना बिरुद्व आज (सोमबार) प्रशासनमा मुद्वा दर्ता गरेको हो । प्रशासनले प्रहरीलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको घरबेटी ईश्वर खनखवास सहित १२ जना बिरुद्व प्रशासनमा मुलुकी अपराध संहित २०७४ अन्तरर्गतको १२५ दफा अन्रतर्गत सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा बिरुद्व मुद्वा दर्ता गराएको हो ।
पक्राउ पर्नेहरुमा विरबहादुर गिरी, फजल मियाँ, विपीन श्रेष्ठ, लिलाजंङ थापा, नबिन थापा, मन्जित थापा, सुरज कुवर, कृण्णबहादुर खनखवास, राम थापा, बिनोद खनखवास र खुमबहादुर बिकलाई प्रहरीले हिजो मध्येराती प्रहरी निरिक्षक सिमोन घितालको कमाण्डको टोलीले जुवा खेली रहेको घरबाट नियन्त्रणमा लिन सफल भएको थियो ।
प्र नि घितालको प्रहरी टोलीले जुवा खालबाट १ लाख ४६ हजार १५ रुपैयाँ नगद र ३९ थान कौडा समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।