गोरखा ३, कार्तिक । उपचारको लागि चितवन पुगेकी गोरखा नगरपालिकाकी १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।गोरखा नगरपालिका १३ की ३३ बर्षिया महिलालाई उपचारको क्रममा चितवन मेडिकल कलेज जादाँ संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले आज ९सोमबार० बिहान ६:१५ बजे सूचना जारी गर्दै गोरखा नगरपालिका १३ कि महिला उपचारको क्रममा चितवन मेडिकल कलेज पुग्दा उहाँमा संक्रमण देखिएको हो ।जिल्लाको सिमा नाका बाट नजिक रहेको चितवनमा उपचारका क्रममा जाने अधिकासमा अहिले कोरोना संक्रमण देखिएन थाले पछि जिल्ला भित्र भने संक्रमणको जोखिम बढेको छ ।