Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको शहिद लखन र तनहुँको देवघाट गाउँपालिका विच भगिनी सम्बध स्थापना


4.1K
Shares

गोरखाको शहिद लखन  र तनहुँको देवघाट गाउँपालिका विच भगिनी सम्बध स्थापना

कार्तिक १ गाेरखा ।  गोरखाको शहिद लखन गाउँपालिका र तनहुँको देवघाट गाउँपालिका वीच भगिनी सम्बन्ध स्थापित भएको छ । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा र शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर बिच शुक्रवार सहमति पत्रमा हस्ताक्षर भगिनी सम्बन्ध कायम गरिएको हो ।

दुवै गाउँपालिकाले एक अर्का गाउँपालिका बिच रहेका धार्मिक तथा साँस्कृतिक पर्यटनको प्रचार प्रसार, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित गरिएको भगिनी सम्बन्धले आन्तरिक तथा बाह्य पर्यटन बढाउने विश्वास लिएका छन ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाको भ्रमणदल गोर्खा घैंरुङ पुग्दा, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबू थापा मगरले भ्रमण टोलिलाई प्रथम सहिद लखन थापा मगरको प्रतिकात्मक तस्वीर र मनकामना मन्दिरको फोटो हस्तान्तरण गरि भव्य स्वागत गर्नु भएको थियो ।

दुबै पालिकाले सामाजिक सद्भाव कायम गरि एक अर्काको गाउँपालिका क्षेत्र भित्र रहेका धार्मिक स्थलहरु, साँस्कृतिक ग्रामहरुको बारेमा दुबैले एक अर्कालाई प्रचार-प्रसारमा सहयोग गर्ने कुरा भगिनी सम्बन्ध पत्रमा उल्लेख गरेका छन ।

संसारका हिन्दुहरुको पवित्र तिर्थस्थल देवघाटधाम देवघाट गाउँपालिकामा पर्दछ भने विश्वभरका हिन्दुहरुका आस्थाको केन्द्र प्रसिद्ध मनकामना मन्दिर सहिद लखन गाउँपालिकामा पर्दछ। धार्मिक तथा साँस्कृतिक रुपमा महत्व बोकेका अन्य गाउपालिका सगपनि देवघाट गाउँपालिकाले आफ्नो भगिनी सम्बन्ध स्थापित गर्दै जाने कुरा अध्यक्ष थापाले बताउनु भयो । यो सम्बन्धले देवघाटको थप प्रचार प्रसार र महत्व विस्तार हुने उहाँको बिस्वास छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology