Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका मठमन्दिर र शक्तिपिठमा चाडवाडका वेला सर्वसाधारणलाई पुजाआजा गर्न रोक


7.4K
Shares

गोरखाका मठमन्दिर र शक्तिपिठमा चाडवाडका वेला सर्वसाधारणलाई पुजाआजा गर्न रोक

गोरखा ३०, असोज । जिल्ला प्रसासन कार्यालय गोरखाले चाडपर्वका बेलामा पनि जिल्ला भित्रका शक्ति पिठ तथा मठमन्दिरमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाउने भएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले आज एक सूचना जारी गर्दै जिल्ला भित्र कोरोना संक्रमणको बढ्दै गएकाले चाडपर्वमा मठमन्दिर, शक्तिपिठहरुमा भक्तजनहरुको भीड हुने भन्दै नित्य पुजा गर्ने बाहेकका अन्य सवै पुजाआजामा रोक लगाउने निर्णय गरेको जानकारी दिनुभयो ।

जिल्ला भित्रका महत्वपूर्ण शक्तिपिठका रुपमा मानिने गोरखानाथ मन्दिर, कालिका मन्दिर, मनकामना मन्दिर लगायतका मन्दिरहरुमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको प्रसासनले जनाएको छ । प्रसासनले जारी गरेको सूचनामा अहिलेको प्रतिकुल परिस्थितीमा बिगतका बर्षहरुको समान्य अबस्थामा जस्तै चाडपर्व मनाउन नसकिने र चाडपर्व मनाउदा कोरोना संक्रमणबाट बच्नुपर्ने भएकाले आबश्यक सावधानी अपाउन यस्तो निर्णय गरिएको उल्लेख छ ।

दशै तिहार लगायतका चाडपर्व मनाउदा सकभर जो जहाँ रहेको छ त्यही रही मनाउन र अनाबश्यक जमघट, जात्रा नगरी परिवारको बिचमा मात्र मनाउन पनि सवैलाई सूचना मार्फत आग्रह गरिएको छ । स्थानीय प्रसासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रमक रोग ऐन २०२० को दफा २ (१) मा उल्लेखित व्यवस्था समेतको आधारमा प्रसासनले भीडभाड, जात्रा, मेला महोत्सव, तथा जमघट हुने खालका कार्यक्रम नर्गन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology