Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको पालुङटारमा फेरि थपिए ४ जनामा कोरोना संक्रमित


2.4K
Shares

गोरखाको पालुङटारमा फेरि थपिए ४ जनामा कोरोना संक्रमित

गोरखा ३० असोज । गोरखामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्लाको पालुङटार नगरपालिकामा ४ जनामा शुक्रबार संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।

निर्देशनालये बिहान ७ः३० बजे सूचना जारी गर्दै पालुङटार नगरपालिका १, २ र ५ मा गरी ४ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । जस अनुसार १ र २ मा १÷१ जना पुरुष र ५ मा १ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ ।

संक्रमण देखिएका सबै कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology