काठमाण्डौ २९, असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना संक्रमणको पुष्टी भएको छ । अध्यक्ष थापाले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी गराउन भएको हो ।
‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण (कोभिड १९) पिसिआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभु देखिएको छ।, उहाँले लेख्नु भएको छ, ‘अवस्था सामान्य छ। केही दिन यता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु ।’