गोरखा २९, असोज । गण्डकी प्रदेशमा आज कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहिबार एकैदिनमा गण्डकी प्रदेशमा १ सय ६९ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमण पुष्टी भएका जिल्ला मध्ये सवै भ्दा धेरै नवलपरासीमा ५८ जना रहेको निर्देशनालयले जनाएको छ । त्यस्तै बाग्लुङमा ५१ जना, कास्कीमा ३५ जना, तनहुँमा ११ जना, गोरखामा ७ जना, म्याग्दीमा ४ जना र लम्जुङमा ३ जनामा संक्रमित भेटिएको निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिुनभुयो ।