गोरखा २९, असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाको अध्यक्षमा शंकरराज अधिकारी सर्वसम्मतले चयन हुनु भएको छ । गोरखा सदरमुकामको लक्ष्मी बजारमा आज भएको राप्रपा र संयुक्त राप्रपा बिचको पार्टी समायोजनको बैठकले अधिकारीलाई राप्रपा गोरखाको अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो ।
बैठकले पार्टीको सह–अध्यक्षमा अम्बिका रुपाखेती चयन गरेको छ भने संगठन बिभाग प्रमुखमा गोपाल थापालाई जिम्मेवारी दिईएको छ ।बैठकपछि दुवै पार्टीका गरि कुल १०६ सदस्सिय राप्रपा गोरखा जिल्ला कमिटि गठन गरिएको जनाइएको छ । एकता प्रक्रिया क्रममा तत्कालिन राप्रपा गोरखा गोरखाले अध्यक्ष र तत्कालिन राप्रपा संयुक्तले सह–अध्यक्ष पाएको छ ।
जसमा तत्कालिन राप्रपाका तर्फबाट ८५ सदस्य रहेका चयन भएका छन् भने संयुक्त राप्रपाबाट सदस्य २१ जना परेका छन् । यसअघि गएको २१ गते गोरखा सदरमुकाम मै बोलाईएको पार्टी समायोजन बैठक बिबादका कारण अबरुद्ध भएको थियो ।
दुई पार्टी बिचको एक बैठले गोरखा क्षेत्र नं २ का क्षेत्रिय अध्यक्ष समेत रहनु भएका गोपाल बहादुर थापालाई संगठन विभाग प्रमुख र कुलबहादुर बस्नेतलाई सचिवको जिम्मेवारी दिएको छ । त्यस्तै आगामी माघ महिना भित्रमा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय एकता बैठकले गरेको जनाइएको छ ।