Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाक सुलिकोट गाउँपालिकाले बाड्यो किसानलाई अनुदानमा हाते ट्रयाक्टर


3.2K
Shares

बारपाक सुलिकोट गाउँपालिकाले बाड्यो किसानलाई अनुदानमा हाते ट्रयाक्टर

दीपक श्रेष्ठ

गोरखा २९, असोज । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउदै लैजाने उद्देस्यका साथ कृषकहरुलाई हाते ट्रयाक्टर बितरण गरेको छ । गाउँपालिकाले पालिका भित्रका १६ वटा कृषि समुहलाई ५० प्रतिसत अनुदानमा हाते ट्रयाक्टर बितरण गरेको अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । चालु आर्थिक बर्षको कृषि औजार बितरण कार्यक्रम अन्र्तगत गाउँपालिकाले पालिका भित्र कृषि क्षेत्रलाई आधुनिकिरण र प्रबिधिमैत्री गर्ने उद्देस्यका साथ ट्याक्टर बितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

‘पुराना कृषि प्रबिधिको माध्यमबाट मात्रै अब कृषि उत्पादनमा बृद्धि गर्न गाह्रो हुन्छ, गाउँपालिका अध्यक्ष भट्टले भन्नुभयो, ‘मानिसहरुले जोत्नका लागि गोरु पाल्न छोडे, जग्गाहरु बाँझो बस्न थाल्यो, बाँझो जमिनमा खेती गर्न कृषकहरुलाई हौसला प्रदान गर्न ट्याक्टर बितरण गरिएको हो ।’ गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मा निर्भर बनाउने उद्देस्यका साथ आफुहरु अघि बढेको भन्दै उहाँले प्रबिधिको प्रयोग बिना अब कृषि उत्पादन बढाउन नसकिने भएकाले कृषिमा यान्त्रिकीकरण गर्न जोड दिइएको बताउनुभयो ।

पालिका भित्रका सवै वडाका कृषि समुहहरुलाई निवेदनका लागि आवहन गरी छनोटमा परेका समुहलाई ५० प्रतिसत अनुदानमा ट्याक्टर उपलब्ध गराएको उहाँको भनाई छ । ‘हामीले निबेदन परेका कृषि समुहहरुमा बास्तविक कृषकहरु छ की छनै पुष्टी गरेर मात्र अनुदानमा ट्रयाक्टर उपलब्ध गराएका हौ, गाउँपालिका अध्यक्ष भट्टले भन्नुभयोे,‘ गैह्र कृषकहरुमा अनुदान नपुगोस भन्नेमा गाउँपालिकाले सचेत भएर काम गरेको छ । ’

कृषकहरुलाई बितरण गरिएको ट्याक्टर ७ हर्जपावर क्षमताको रहेको र उक्त ट्याक्टरले प्रतिघण्टा रोपनीसम्म जमिन जोत्न सक्ने गाउँपालिकाका कृषि शाखाका निमित्त प्रमुख प्रेम प्रकाश आरसीले जानकारी दिनुभयो । ‘यो मिनिटिलरले १ लिटर पेट्रोलले १ घण्टासम्म चल्ने र १ रोपनीसम्म जमिन जोत्न सक्ने क्षमता हुन्छ,’ उहाँले भन्नुभयो । यस अघि कृषि अनुदान नपाएकाहरुलाई छनोट गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको चालु आर्थिक बर्षका लागि कृषि समुहहरुलाई अनुदानमा प्रबिधिको सहयोग गर्न करिब ११ लाख रुपैया बिनियोजन गरेको थियो । गाउँपालिकाले ३ वटा समुहलाई कोदो कुट्ने मेसिन समेत बितरण गरेको उहाँले बताउनुभयो । ‘यो बर्षको पहिलो चौमासिक सम्पन्न गर्ने गरि तय गरिएको कार्यक्रम हो, निमित्त प्रमुख आरसीले भन्नुभयो, ‘गाउँपालिकाले माग संकलन गरि सम्भाव्यताको आधारमा कृषक समुहलाई बितरण गरिएको छ ।’ गाउँपालिका भित्रका सवै वडामा न्युनतम २ वटासम्म बितरण भएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology