Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

काठमाडौंको सोह्रखुट्टेमा ग्यास सिलिण्डर बिस्पोट : ३ जना गम्भीर घाइते


3.5K
Shares

काठमाडौंको सोह्रखुट्टेमा ग्यास सिलिण्डर बिस्पोट : ३ जना गम्भीर घाइते

काठमाडौं २९, असोज । काठमाडौंको सोह्रखुट्टेमा आज मध्यान्ह्र ग्यास सिलिण्डर बिस्पोट हुदा ११ जना घाइते भएका छन् । किरियापुत्री बसेको घरमा एक्कासी ग्यास विस्फोट भएको प्रहरीले जनाएको छ।

बिस्पोटमा परी घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर रहेको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । घाइतेहरुलाई तत्काल उपचारका लागि मनमोहन अस्पताल पुर्याइएको छ ।

घाइतेहरुको पहिचान समेत खुल्न बाँकी रहेको उहाँले बताउनुभयो । बिस्पोटबाट वरपरका घरमा समेत क्षति पुगेको छ । बिस्पोटबाट घरमा लागेको आगो तत्काल नै नियन्त्रणमा लिइएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology