Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

लोकसेवा आयोगको विज्ञापन रोक्न सवोच्चको अन्तरिम आदेश


3.5K
Shares

लोकसेवा आयोगको विज्ञापन रोक्न सवोच्चको अन्तरिम आदेश

काठमाण्डौ २९, असोज । सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको छ । आयोगले यही असोज २९ गतेका लागि प्रकाशित गरेको नेपाल विविध सेवा समूह अन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको लागि आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिका लागि गरेको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

लिखित परीक्षामा प्रतिस्पर्धात्मक रूपमा सामेल भई उत्तीर्ण भएका तीन जनाको २०७७ असार ३१ गतेका लागि अन्तर्वाताको मिति तोकिए पनि कोरोना भाइरसका कारण देशभर लकडाउन भएकाले अन्तर्वार्ता नै स्थगनको सूचना जारी भएकोमा स्थगित परीक्षा असोज २९ गते गर्ने सूचना जारी गरेको थियो । तर लिखितमा नाम निस्कने मध्येका एक जना प्रतिस्पर्धीमा सङ्क्रमण देखिएपछि आइसोलेनमा बसेका बेला आयोगले नयाँ परीक्षाको सूचना जारी गरेपछि उनी सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले उनको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलाशले नयाँ विज्ञापन प्रकाशन गर्ने निर्णय रोक्न अन्तरिम आदेश जारी गरेको हो । लोक सेवाको विज्ञापनको लिखित परीक्षा नतिजा प्रकाशनसम्मको सम्पूर्ण प्रकृया रद्द गर्ने सूचना हाललाई यथास्थानमा राख्न सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ ।ो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology