Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा हाप्किडो संघ गठन : अध्यक्षमा आलेमगर सर्वसम्मत चयन


3.6K
Shares

गोरखामा हाप्किडो संघ गठन : अध्यक्षमा आलेमगर सर्वसम्मत चयन

गोरखा २८, असोज । हाप्किडो संघ गोरखाको अध्यक्षमा राजन आले चयन हुनुभएको छ । गोरखा सदरमुकाममा बुधबार भएको भेलाले आले मगरको अध्यक्षतामा ११ सदस्सीय गोरखा जिल्ला स्तरीय नेपाल मार्शल आर्टस हाप्किडो संघ गठन भएको हो । भेलाले संघको उपाध्यक्षमा सकुन थापा मगर, राजेन्द्र बयलकोटी, सचिवमा रिजन बि.क र कोषाध्यक्षमा अनिष अर्याल चयन गरेको छ । नवगठित समितिको सदस्यहरुमा साबित्रा थापा, सन्तोष गुरुङ, हितमान तामाङ, सुवाष कुमाल, बिक्रम गुरुङ लाइ चयन गरिएको संघका सचिव रिजन बिकले जानकारी दिनुभयो ।

भेलालाई सम्बोधन गर्नुहदै नेपाल मार्शल हाप्किडो संघका केन्द्रिय अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघ अध्यक्ष काली बहादुर घर्तीमगरले विभिन्न जिल्लाहरुमा समिती गठन संगै गोरखा जिल्लामा पनि यसको बिस्तार गरिएको बताउनुभयो । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारालाई आत्मसाथ गर्दै चेतना,जागरण, शिक्षा,उत्पादन, व्यवसायी र रोजगारीलाई जोड्दै समाज परिवर्तन विकास र समृद्धिलाई हाप्किडो खेल अगाडी बढाउने आफुहरुको प्रत्यन्न रहेको उहाँको भनाई छ ।

सोही कार्यक्रममा नेकपाका नेतृ सानुमाया बस्नेतले खेलाडी राष्ट्रका गहना भएको भन्दै खेलाडीलाई राष्ट्रले चिन्न सके समाज र राष्ट्रको मान सम्मान गौरव र पहिचान हुने बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले खेलकुद क्षेत्रको बिकासका लागि आवश्यक पुर्वधार निर्माणका लागि स्थानीय सरकार घचघच्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ गण्डकी प्रदेशका उपाध्यक्ष तारामाया थापामगर को अध्यक्षतामा भएको कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा जिल्ला सचिवालय सदस्य सानुमाया बस्नेत, गोरखा जिल्ला खेलकुद बिकास समितिका अध्यक्षद्वय सुदिप नगरकोटी, शान्तासिंह बस्नेत, अनेरास्ववियू गोरखा जिल्ला संयोजक सन्जिव थापामगर, हाप्किडो संघ गण्डकी प्रदेशकी कोषाध्यक्ष रेखा तामाङ लोप्चन, नेपाल मार्शल हाप्किडो संघ गण्डकी प्रदेश सदस्य तथा हाप्किडो राष्ट्रिय खेलाडी कृति गिरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संघकी गण्डकी प्रदेशकी कोषाध्यक्ष रेखा तामाङ लोप्चनले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology