Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना संक्रमण रोक्न गोरखाको एक गाउँपालिकाले गर्यो यस्तो निर्णय


1.7K
Shares

कोरोना संक्रमण रोक्न गोरखाको एक गाउँपालिकाले गर्यो यस्तो निर्णय

गोरखा २८, असोज । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाले गाउँपालिका भन्दा बाहिर मानिसलाई जगत बगर भन्दा माथि प्रवेश गर्न रोक लगाएको छ । मुख्य नाकाबाट अनाबश्यक रुपमा गाउँपालिका भित्र आउने र घुमफिर गर्नेहरुको संख्या बढ्न थाले कोरोना संक्रमणको जोखिम बढेको भन्दै पालिका प्रवेशमा रोक लगाउने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिनुभयो ।

सम्भावित संक्रमण फैलनसक्ने जोखिमलाई ख्याल गर्दै कोरोना रोकथाम र नियन्त्रणका लागि अर्को सूचना जारी नभएसम्मका लागि सोमबारदेखि बाहिरबाट गाउँपालिका भित्र जथाभावी आवतजावत गर्न रोक लगाउने निर्णय गरिएको उहाँले बताउनुभयो । ‘पालिका भित्र अन्य क्षेत्रबाट डुलुुवा व्यापारीहरु आएर कपडा बिक्रि गर्ने, अन्य मालसामान बिक्रिका लागि आउने जाने क्रम बढेको छ, उहाँले भन्नुभयो, ‘यसले संक्रमणको जोखिम बढाएको छ ।’

उपाध्यक्ष गुरुङले पछिल्लो समय कोरोना संक्रमणको बिचमा मनास्लु क्षेत्र भ्रमणका लागि भन्दै ओहोरदोहोर गर्नेहरुको सख्या बढ्न थालेको जानकारी दिनुभयो । ‘मनास्लु क्षेत्र, चुम भ्याली भ्रमण गर्ने, लार्के पास गर्ने भन्दै हुलका हुल मान्छे आउन थालेपछि को कहाँबाट आएको समेत पत्तो हुन छोड्यो उहाँले भन्नुभयो, ‘पहिलो कोरोना महामारीको संक्रमणबाट गाउँपालिकालाई सुरक्षित राख्नुपर्छ भनेर यस्तो निर्णय गरेका हौ ।’

अत्याबश्यक कामका लागि कोही आउनु परेमा गाउँपालिकाबाट आधिकारिक अनुमति लिएर मात्र प्रवेश गर्न दिने निर्णय भएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले दैनिक उपभोग्य सामान ढुवानी गर्ने खच्चड, खच्चडगोठालालाई भने निर्वाध आवतजावत गर्न दिने निर्णय गरेको उहाँको भनाई छ । त्यस्तै पालिका भित्रका मानिसहरु बाहिरबाट गाउँपालिका प्रवेश गर्दा समेत अनिबार्य सम्बन्धित वडालाई जानकारी दिएर मात्र आउन पाउने निर्णय उपाध्यक्ष गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology