Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

तेलमा पानी मिसाएर बेचेको आशंकामा गोरखा सदरमुकामको एक पसलमा प्रसासनको छापा


3.1K
Shares

तेलमा पानी मिसाएर बेचेको आशंकामा गोरखा सदरमुकामको एक पसलमा प्रसासनको  छापा

गोरखा २८, असोज । गोरखा सदरमुकामको एक पसलमा तेलमा पानी मिसाएर बिक्रि गरेको आंशकमा जिल्ला प्रसासन कार्यालयको अनुगमन टोलीले छापा मारेको छ ।

सदरमुकामको हटरमाटरीमा रहेको मनकामना मिल मेसिनरीले बिभिन्न उपकरणमा प्रयोग गरिने ‘ट्रान्समिसन तेल’ मा पानी मिसाएर बेचेको उजरीका आधारमा प्रसासनको नेतृत्वमा गोरखा नगरपालिका, जिल्ला प्रहरी कार्यालय गोरखाको संयुक्त टोलीले पसलमा छापा मारेको हो । सो क्रममा मनकामना मिल मेसिनरीले ग्राहक बिक्रि लागि गर्न राखिएको तेलमा पानी मिसाइएको आंशका गरिएको छ ।

उक्त पसलले ग्राहकलाई सो प्रतिलिटर रु ४५० रुपैयामा उक्त तेल बिक्रि गरेको पाइएको छ । ‘बोतलमा भरिएको तेलमा माथि तिर तेल तैरिएको र तल पानी स्पस्ट देखिन्छ, अनुगमनका पुग्नु भएका जिल्ला प्रसासन कार्यालय गोरखाका रबिलाल सुवेदीले भन्नुभयो, ‘अहिले नै यहि भन्न सकिदैन, ल्यावमा परीक्षणमा पठाएर रिर्पोट प्राप्त भएपछि मात्र पुष्टी हुन्छ ।’ पानी मिसाइएको आशका गरिएको तेल नमुना सकलन गरिएको उहाँले जानकारी दिनुभयो ।
उक्त पसलमा गोरखा नगरपालिका वडा नम्बर १ ताप्लेका टेकबहादुर पाण्डेले तेल किन्दा तेलमा पानी मिसिएको आंशका लागेपछि प्रसासनलाई जानकारी गराउनु भएको थियो ।

‘तेल किन यस्तो भयो भनेर साहुजीलाई भन्दा उहाँ उल्टै रिसाउनु भयो, पाण्डेले भन्नुभयो, ‘पक्की बिल माग्दा पनि पक्का बिल छैन भनेर कागजमा लेखेर दिनुभयो ।’ आफुले गएको २१ गतेपनि सोही पसलबाट उत्त तेल मगाउदा पानी मिसिएको पाइएपछि आज भने आफै आएर खरिद गरेको उहाँको भनाई छ । ‘मैले १८÷२० बर्ष भयो मिल चलाएको यो तेल त होइन पानी मिसिएको छ भन्दा होइन यस्तै हो भन्नुभयो, पाण्डेले भन्नुभयो, म तेल जँचाउछु भन्दा उहाँले जाँउ जाँउ गर भनेपछि मैले उजुरी गरेको हुँ ।’

अघिल्लो पटक खरिद गर्दा पानी मिसिएको पाइएपछि ओरिजन दिनुहन्छ की भनेर आज केही कुरा नगरी तेल किन्दा उही तेल दिएको पाण्डेको भनाई छ । ‘तेल छ भनेर सोध्दा छ भनेर दिनुभयो, पाण्डेले भन्नुभयो , तर अस्ति किनेको आज किनेकोमा केही फरक थिएन ।’

यता मनकामना मिल मेसिनरीका बिक्रम बस्नेतले ड्रम बाहिर राखेकाले आकाशबाट पानी परेका बेला पानी परेको हुनसक्ने स्विकार गर्नुभयो । ‘तेलमा केही पानी मिसिएको जस्तै छ, उहाँले भन्नुभयो, मिसाएरै बेचेको चाही होइन तर मिसिएको जस्तो देखिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology