Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा एकैदिन आज १६ जना कोरोना संक्रमित भेटिए


1.7K
Shares

गोरखामा एकैदिन आज १६ जना कोरोना संक्रमित भेटिए

गोरखा २८ असोज । गोरखामा आज एकैदिन १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको गण्डकी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ मा ५ जना महिला र ११ जना पुरुषमा संक्रमणको पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण पुष्टी भएकाहरुमा वडा नम्बर ७ का ३६, २९, ५०, र २७ बर्षकी ४ जना महिला र ५०, ३८, ५० ५७ र ४२ बर्षका ५ पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर ८ मा २० बर्षका एक पु्रुषमा बुधबार संक्रमणको पुष्टी भएको निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

निर्देशनालयका निर्देशक शर्माका अनुसार गण्डकी गाउँपालिकाकै वडा नम्बर ८ मा २८ ३७ र २४ बर्षका ३ पुरुष र ३६ बर्षका एक महिलामा पनि संक्रमणको पुष्टी भएको छ । संक्रमण पुष्टी भएका सवै कन्ट्रयाक्ट ट्रसिङका क्रममा पहिचान भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology