Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ओलीको निर्देशनमा कर्णाली प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको खुलासा


1.9K
Shares

ओलीको निर्देशनमा कर्णाली प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको खुलासा

काठमाण्डौ २७, असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय बीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान दुई अध्यक्षबीच भएको छलफलमा अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा आएको विवादबारे ओलीसँग वास्तविकता के हो ? भनेर सोध्नुभएको थियो । प्रधानमन्त्री ओलीले विवादबारे प्रष्ट नपारेपनि आफ्नो स्वीकृतिमै अविश्वासको प्रस्ताव दर्ता गरेको स्वीकार गर्नुभएको बुझिएको छ ।

भेटवार्ताका क्रममा प्रचण्डले कर्णाली प्रदेशमा आएको विवादले राम्रो सङ्केत नगरेको भन्दै त्यसलाई पार्टी नेतृत्व तहले नै मिलाउन पहल गर्नुपर्ने बताउनुभएको थियो । कहाँ केके गर्ने हो भन्ने बिषय समग्रतामा छलफल गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले एउटालाई हटाउने अरुलाई राख्ने गर्दा राम्रो नहुँने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology