Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा ३ जना कोरोना संक्रमित आज निको भएर घर फर्किए


3.2K
Shares

गोरखा ३ जना कोरोना संक्रमित आज निको भएर घर फर्किए

गोरखा २६, असोज ।गोरखाको २ स्थानिय तहका ३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्लाको गोरखा नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाका ३ जनालाई आज डिस्चार्ज गरिएको गोरखा अस्पतालले जनाएको छ ।

१४ दिन आइसोलेसनमा बसेको र राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाण्डौं र प्रदेश जन स्वास्थ्य प्रयोगशाला पोखरामा गराईएको स्वाब परिक्षणमा नेगेटिभ देखिए पछि उनीहरुलाई डिस्चार्ज गरिएकोे गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

आज डिस्चार्ज हुनेहरुमा गोरखा नगरपालिका ३ का २६ बर्षका पुरुष र बारपाक सुलिकोट गाउँपालिका ८ को ३० बर्षिया १ महिला र १८ बर्षका पुरुष रहेका छन् । जिल्लामा हिजो साँझसम्म कुल संक्रमितको संख्या ३२२ पुगेको छ भने आइसोलेसनमा भर्ना भएका मध्ये १३३ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology