Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बारपाकको मान्द्रेमा आधारभूत स्वास्थ सेवा केन्द्र स्थापना


5K
Shares

बारपाकको मान्द्रेमा आधारभूत स्वास्थ सेवा केन्द्र स्थापना

गोरखा २५, असोज । गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थित बारपाकमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना भएको छ । गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले आइतबार एक कार्यक्रमका बिच मान्द्रेमा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्नुभएको हो ।

त्यस क्षेत्रका पोखरी, इस्नान, अल्गङ, तुम्सिका, बाल्फे लगायतका क्षत्रेका नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनु स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । केन्द्रको उद्घाटन कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष भट्ट सहित, उपाध्यक्ष सनमाया गुरुङ लगायतको सहभागिता रहेको थियो ।

 

नयाँ स्थापना गरिएको स्वास्थ्य सेवा केन्द्रमा एक जना अहेव र अनमीले तत्कालका लागि सेवा प्रदान गर्न सुरु भएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology