Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा जिल्लामा थप ११ जनामा कोरोना संक्रमणको पुष्टी


1.9K
Shares

गोरखा जिल्लामा थप ११ जनामा कोरोना संक्रमणको पुष्टी

गोरखा २५, असोज । गोरखाको ५ स्थानिय तहमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्लाको आरुघाट, शहिद लखन र बारपाक सुलिकोट गाउँपालिका तथा पालुङटार र गोरखा नगरपालिकामा गरी ११ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।

निर्देशनालयले सूचना जारी गर्दै आरुघाट गाउँपालिकाको ८ र ९ मा १÷१ जना, शहिद लखन गाउँपालिका ७ मा ३ जना र बारपाक सुलिकोटा गाउँपालिका ४ मा २ जनामा संक्रमण पुष्टी भएको हो । त्यस्तै गरी पालुङटार नगरपालिका १ मा १ जना र गोरखा नगरपालिका ४ मा १ जना र ६ मा २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

गोरखा नगरपालिका ४ मा संक्रमण देखिएका पालुङटार नगरपालिकामा कार्यरत महिला कर्मचारी र ६ वडामा देखिएको वडा कार्यालयमा काम गर्ने कर्मचारी र उनको छोरी भएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमण देखिएका सबै कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरिएका ब्यत्तिहरु भएको निर्देशनालयले जनाएको छ ।प्राप्त विवरण अनुसार संक्रमण देखिएका सबैको स्वाब क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology