Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उत्तर कोरियाले सार्बजनिक ग¥यो अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र


5.8K
Shares

उत्तर कोरियाले सार्बजनिक ग¥यो अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र

काठमाण्डौ २५, असोज । उत्तर कोरियाले अमेरिका सम्म मार हान्न सक्ने दाबी गरिएको आइसीबीएम नामको क्षेप्यास्त्र सार्वजनिक गरेको छ । हिजो उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड निकालिदा सार्वजनिक भएको आइसीबीएम नामक क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने ब्लुमबर्गले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाका शासक किम जोङ उनले शत्रुको सम्भावित खतराबाट जोगिन युद्ध क्षमताको सुदृढीकरण गरेको बताउनुभयो । उत्तर कोरियाले आफूले सन् २०१८ को क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई पालना गरे पनि अमेरिकाले सर्त पूरा नगरेको आरोप लगाउँदै आएको छ ।

सन् २०१८ र २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक उनबीच दुई पटक शिखर वार्ता भएको थियो । ती वार्तामा कोरियाली प्रायदिपलाई आणविक हतियार मुक्त बनाउने समझदारी भए पनि पालना हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology