गोरखा २४, असोज । देशभरका रगतको अभाव भइरहेका बेला गोरखामा लायन्स क्लब अफ गोरखाले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम स्थित लोकतान्त्रिक चोकमा क्लबले आयोजना गरेको कार्यक्रममा ४१ जनाले रत्तदान गरेको क्लब अध्यक्ष श्यामबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
गोरखा उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखा, चेम्बर अफ कमर्स गोरखा र लियो क्लब अफ गोरखाको सहकार्यमा भएको रक्त दान कार्यक्रम ९ जना महिला सहित ३२ पुरुषले रत्तदान गरेको उहाँले जानकारी दिनुभयो । रत्तदान कार्यक्रममा आयोजक दुवै क्बलका पदाधिकारीहरु, सहकार्यमा संलग्न संस्था तथा संसस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणहरुले रत्तदान गरेको क्लबले जनाएको छ ।
रक्तदान कार्यक्रमको गोरखा नगरपालिका गोरखाका प्रमखु राजनराज पन्तले उद्घाटन गर्नुभएको थियो । संकलित सबै रगत चितवन पठाईएको छ ।