गोरखा २४, असोज । गोरखामा बिभिन्न पेशा व्यवसायमा आबद्ध व्यवसायीहरुले व्यवसायिक हकहितका निम्ति संस्था गठन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका व्यवसायीहरु मिलेर व्यवसायिक हकहितका लागि नेपाल उद्योगी व्यवसायी संगठनको गठन गरिएको हो । व्यवसायीहरुको आज सदरमुकाममा सम्पन्न भएको भेलाले रामहरी केसीको संयोजकत्वमा पछि थप गर्नेगरि २५ सदस्सीय संगठन कमिटी गठन गरेको हो ।
संगठनको सह–संयोजकमा काजीराम श्रेष्ठलाई चयन गरिएको नवगठित संगठनका संयोजक के.सीले जानकारी दिनुभयो । ‘कोरोना संक्रमण लगायतका अन्य धेरै व्यवसायिक समस्यामा गोरखाका व्यवसायीहरु परेका छन्, संयोजक श्रेष्ठले भन्नुभयो, ‘व्यवसायीहरुका समस्यालाई बास्तबिक ढंगबाट उठाउन संगठन गरिएको हो ।’ ब्यवसायीहरुको हकहित र संरक्षणका लागि समितिको आबश्यकता भएकाले समितिको गठन गरिएको उहाँले बताउनुभयो ।
‘ब्यापारीहरुलाई चौतफी रुपमा आक्रमण भएको भएपनि उनिहरुको संरक्षणका लागि भएका र बनेका संगठनको ध्यान पु¥याउन सकेनन, संयोजक के.सीले भन्नुभयो, ‘व्यवसायीहरुको पक्षमा आवाज उठाउन हामी प्रतिबद्ध भएर लाग्नेछौ ।’ कोरोना भारइस कोभिड १९ को संक्रमण बिच सामाजिक दुरी कायम गरि व्यवसायीको पक्षमा संगठन गठनका लागि व्यवसायीहरु भेला भएका थिए।
व्यवसायी कृष्णप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भेलामा नेकपामा प्रदेश कार्यालय सदस्य सम्झना देवकोटाका साथै नेकपा जिल्ला पार्टी सचिब प्रेम गुरुङको समेत सहभागिता रहेको थियो । संगठनमा जिल्ला भित्रका ११ वटै स्थानीय तह भित्रका व्यवसायीहरुलाई समेटिने उहाँले जानकारी दिनुभयो ।