Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको बिभिन्न क्षेत्रमा भोली ८ घण्टा बिद्युत अबरुद्ध हुने


3.3K
Shares

गोरखाको बिभिन्न क्षेत्रमा भोली ८ घण्टा बिद्युत अबरुद्ध हुने

गोरखा २३, असोज । गोरखामा भोली ८ घण्टासम्म बिद्युत आपूर्ती बन्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्र अन्र्तगत पर्ने खोप्लाङ फिडरको ११ केभि लाईन मुनी तथा दाँयाबाँया पर्ने रुखका हाँगा बिगाँ हटाउनु पर्ने भएकाले बिहान १० बजेदेखि साँझ ५ बजेदेखि बेलुकीसम्म बिद्युत सेवा प्रशारण रोकिने भएको हो ।

कार्यालयका प्रमुख माधव न्यौपानेका अनुसार भोलीदिनभर गोरखा सदरमुकामको खोलखोले, आहाले, ढुङगागाडे, लक्ष्मीबजार, बिरेनचोक, १२ किलो, ९ किलो क्षेत्रमा बिद्युत आपूर्ती बन्द हुनेछ । त्यस्तै जिल्लाको सहित लखन गाउँपालिकाको बुंकोट, मकैपुर, गोरखा नगरपािलकाको छेवेटार, पालुङटार नगरपालिकाको मिरकोट, बिर्दि, सिराचोक गाउँपालिकाको चित्रेपोखरी, भुसुण्डे लगायतका क्षेत्रमा पनि दिनभर बिद्यूत अबरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

निर्धारित समय भन्दा अगाबै काम सम्पन्न भएमा तोकिएको समय अघि नै बिद्युत सूचारु हुने प्राधिकरणका प्रमुख न्यौपानले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology