गोरखा २३, असोज । गोरखाको शहिद लखन गाउँपालिक–९ स्थित बुङकोटघाट क्षेत्रबाट अबैध रुपमा ढुङगा गिटी बालुवा ओसारपसारमा संलग्न ४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नदीजन्य पर्दाथको अबैध ओसारपसार भईरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोली अबैध ढुङगा सहित उक्त सवारी साधन नियन्त्रणमा लिइएको हो ।
प्रहरीले अबैध उत्खनन गरि ओसारपसारमा संलग्न ग १ ख ६२१६, ग १ ख ८०३१, ग १ ख ७६५५ नम्बरको दटप्पर र ग १ त ५२२६ नम्बरको ट्याक्टरलाई ढुङगा सहित नियन्त्रणमा लिएको प्रहरीले जनाइको छ । नियन्त्रण लिइएका सवै सवारी साधानलाई आबश्यक कारवाहीका लागि शहिद लखन गाउँपालिकाको कार्यालयमा बुझाइएको प्रहरीको भनाई छ ।