गोरखा २२, असोज । जिल्ला प्रसासन कार्यालय गोरखाले जिल्ला भित्र कोराना संक्रमणको दर बढ्दै गएकाले दशै तिहार तथा छठ पर्वको अबसरमा कुनै पनि खालको कार्यक्रम तथा सामुहिक गतिबिधी नर्गन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले एक सूचना प्रकाशन गरि चाडपर्वको अबसर पारेर बिगतका बर्षहरुमाा झै बिभिन्न सामाजिक संघसंस्था, युवा समुह, क्लब, आमा समुह तथा वडा सञ्जालले शुभकामना आदान प्रदान सहितका बिभिन्न कार्यक्रमको अयोजना गरेको जानकारी आएको भन्दै त्यस्ता गतिबिधिहरु नगर्न नगराउन आग्रह गर्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी भट्टराईद्धारा जारी सूचनामा जिल्ला भित्रका क्रियाशिल राजनीतिक दलहरुलाई समेत दलहरुको आम भेला, कार्यकर्ता भेला, पार्टी प्रवेशको नामा धेरै जनसमुदायसंग भेटघाट र भीडभाड हुने कार्यक्रम नगर्न नगराउन भनिएको छ । प्रसासनद्धारा बर्तमान असहज परिस्थितीमा सवैले सुरक्षा मापदण्डको पालना गर्नुपर्ने भएकाले कार्ययोजना बमोजिम स्वास्थ सर्तकता अपाउन भनिएको छ ।
‘गोरखा सदरमुकाम तथा व्यापारिक केन्द्रहरुमा आर्थिक गतिबिधि सञ्चालन हुदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नभएको, भौतिक दुरी कायम नभएको, पसलहरुमा भीडभाड हुने गरेको पाइएको छ, सूचनामा भनिएको छ, गोरखा उद्योग बाणिज्य संघ, चेम्बर अर्फ कर्मसले जिल्ला प्रसासन कार्यालयमा पेश गरेको कार्ययोजना बमोजिम व्यवसाय सञ्चालन गर्न अनुरोध छ ।’
अनुगमनको क्रममा कार्ययोजना अनुसार नगरेको पाइए कानुन बमोजिम कारवाही हुने जिल्ला प्रसासन कार्यालयले जनाएको छ । प्रसासनले सार्वजनि यातायातका साधानमा समेत सुरक्षा मापदण्डको पालन नभएको भन्दै सकेसम्म धेरै धुमफिर नगर्न, परिवारमा भित्रमात्र सामान्य रुपमा दशै मनाउन, मास्क तथा पञ्जा लागनउ र सुरिक्षत हुन जिल्लाबासीलाई अपिल गरिएको छ ।
