गोरखा २२, असोज । गोरखा जिल्लामा आज १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको आरुघाट गाउँपालिकामा ९ जना, भीमसेन थापा गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो ।
संक्रमण पुष्टी भएका आरुघाट गाउँपालिका ८ जना कन्ट्रयाक्ट टेसिङमा परेकाहरु रहेको उहाँले बताउनुभयो । ‘काठमाण्डौबाट आएका एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टी भएपछि उनको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि कोरोना परीक्षण गराइएका मध्ये ८ जनाको रिर्पोट पोजेटिभ आएको हो, उहाँले भन्नुभयो, आरुघाट गाउँपालिकामा पुष्टी भएका अर्का एक व्यक्ति भने बाहिरी जिल्लाबाट काम गर्न आएका मजदुर भएकोे खुलेको छ ।’
संक्रमण पुष्टी भएकाहरु बर्ष ४०,२०,२५ र ५ बर्षका महिला तथा बर्ष २२, २८, १६ ६५ बर्षका पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । आरुघाटमै संक्रमण पुष्टी भएका मजदुरको भने बिबरण खुलेको छैन ।
त्यस्तै भीमसेन थापा गाउँपालिकाका कोरोना संक्रमण पुष्टी भएका वडा नम्बर ३ का २६ बर्षिय पुरुष आरुघाट स्थित एक बैंकमा कार्यरत रहेको खुलेको छ ।