Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा बिधालयका शिक्षकहरुलाई ल्यापटप बितरण


3.3K
Shares

गोरखामा बिधालयका शिक्षकहरुलाई ल्यापटप बितरण

असोज २२ गोरखा । जिल्लाको महेन्द्र माध्यामिक बिधालय गोरखा नगरपालिका कुन्दुरटारमा एक शिक्षकका लागि एक ल्यापटप वितरण भएको छ । कोरोना स‌ङ्क्रमणका समयमा प्रविधिको प्रयोग गरेर घरमा बसेर पनि बालबालिकाहरुको सिकाइमा सहयोग पुगोस भन्ने उदेश्यका साथ विद्यालमा रहेका ३० जना शिक्षक साथीहरुका लागि ल्यापटप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक गोपालबाबु मरहट्टाले जानकारी दिनुभयो ।

विद्यालय प्रशासनले बनाएको शैक्षिक योजना सफल बनाउन विद्यालय व्यवस्थापन समिति , गोरखा नगरपालिका शिक्षा शाखा, गोरखाले पुर्याउदै आएको सहयोगप्रति विद्यालका प्रधानाध्यापक मरहट्टाले धन्यबाद दिनुभयो ।नमुना विद्यालयका रुपमा विकास भैरहेको यस विद्यालयमा विभिन्न समुदायका झण्डै एक हजारको स‌ँख्यामा बालविकास देखि कक्षा १२ सम्म पठनपाठन हुने गरेको गोरखा नगरपालिका स्थित शिक्षाा शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology