गोरखा २२, असोज । डा. गोबिन्द केसीको समर्थनमा गोरखा अस्पतालमा कार्यरत सबै चिकित्सक आन्दोलनमा उत्रिएका छन् । डा. केसीको जीवन रक्षा र उहाँको माग पुरा गर्न सरकारलाई दबाव दिने उद्वेश्यका साथ चिकित्सकहरु आन्दोलमा उत्रिएका हुन् ।
अस्पतालमा कार्यरत सबै चिकित्सकहरुले हातमा प्ले कार्ड लिएर अस्पताल परिषरमा विहिबार धर्ना दिनुका साथै हातमा कालो पट्टी बाँधेर काम गरिरहेको सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिनुभयो । ‘डा. गोबिन्द केसीका माग जायज छन्, जायज माग पुरा गर्न सरकार हिचकिचाहड गरिरहेका कारण जीवन नै धरापमा परेका कारण दबाव र्सिजना गर्न सबै चिकित्सक आन्दोलनमा उत्रिनु परेको हो ।’ सूचना अधिकारी ढकालले भन्नुभयो ।’
डा.केसीको अनसनबाट स्वास्थ्यका माफियाहरु झनै सल्बलाएको भन्दै केसीको माग प्रति सरकारी रबैया यस्तै भई रहे आन्दोलनको रुप फेरिनसक्ने र सशत्त आन्दोलनमा जाने चिकित्सकले बताएका छन् । ।
गोरखा अस्पतालका चिकित्सकहरु आन्दोलनरत चिकित्सकहरुले सेभ जिकेसी, जिकेसीको माग पुरा गर, जिकेसीको अनसन माफीयालाई टेन्सन, आईएक विथ जिकेसी जस्ता नारा लेखिएका प्ले कार्ड लिएर धर्नामा बसेका थिए । चिकित्सकहरुले बिहान ९ बजे देखी ११ बजे सम्म कामनै छाडेर धर्ना दिए भने ११ बजे पछि भने हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् ।