Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा प्रेस काउन्सिलको कार्यक्रम : फेसबुकमा सार्वजनिक गरिने सरकारी सूचना बैध हुदैन


3.7K
Shares

गोरखामा प्रेस काउन्सिलको कार्यक्रम : फेसबुकमा सार्वजनिक गरिने सरकारी सूचना बैध हुदैन

गोरखा २२, असोज ।  प्रेस काउन्सिलले आयोजनामा गोरखामा कोरोना माहामारीमा मिडियाको अबस्था बारे अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ गोरखाको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले कोरोना संक्रमणका कारण जिल्ला भित्रका सञ्चार माध्यम आर्थिक अबस्था धरासायी बन्दै गएको बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले स्थानीय तहहरुले सञ्चार क्षेत्रका लागि बिनियोजित बजेट समेत खर्च नगर्ने गरेको र अधिकासं स्थानीयतहरुले सञ्चार माध्यममा प्रकाशन प्रशारण गर्नुपर्ने बिज्ञापन समेत फेसबुकमा राखेर टार्ने गरेको भन्दै आलोचना गरेका थिए । काउन्सिलका बोर्ड सदस्य चेतनाथ धमलाले कोरोना संक्रमण रोकथामका लागि सञ्चार माध्यमहरुले खेलेको भूमिकाको प्रंससा गरेका थिए । उहाँले काउन्सिलले सञ्चारमाध्यमहरुको नियमित अनुगमन गर्न नसक्दा केही समस्या उत्पन्न भएको भन्दै अब त्यसलाई निरन्तरता दिने बताउनुभयो ।

धमलाले स्थानीय सरकारहरुले आम सञ्चार माध्यमका लागि बिनियोजन गरेको रकम सञ्चारमाध्यममै खर्च गर्नुपर्ने भन्दै सामाजिक सञ्चारमा राखेर सूचना प्रकाशन गरे जस्तो गर्न नपाइने बताउनुभयो । कार्यक्रम नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology