Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखाको सिरानचोकमा लक्षण देखिएका थप ३ जनामा कोरोना संक्रमण


2.8K
Shares

गोरखाको सिरानचोकमा लक्षण देखिएका थप ३ जनामा कोरोना संक्रमण

गोरखा २०, असोज । गोरखामा सिरानचोक गाउँपालिकामा लक्षण देखिएका ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वांब परीक्षणका क्रममा उनिहरुमा कोरोना पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गाउँपालिकाका एक कर्मचारीमा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङपछि गरिएको स्वांब परीक्षणका क्रममा उनिहरुमा पनि कोरोना पुष्टी भएको गाउँपालिकाका जनस्वास्थ्य अधिकृत रामचन्द्र पाण्डेले जानकारी दिनुभयो ।

‘गएको शुक्रबार कन्ट्रयाक्ट ट्रेसिङमा परेका ६१ जनाको स्वाबं संकलन गरि पठाइएका थियो, उहाले भन्नुुभयो, पठाइएको मध्ये ६० जनाको रिर्पोट प्राप्त भएकोमा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।’ थप एक जनाको अझै रिर्पोट आउन बाँकी रहेको पाण्डेले बताउनुभयो । संक्रमण पुष्टीभएका वडा नम्बर ३ हर्मीका १९ बर्षकी एक महिला, ६७ बर्ष र ६५ बर्षका दुई पुरुष भएको खुलेको छ ।

उनिहरु तिनै जनामा लक्षण देखिएकाले होमआइसोलेसनमा राख्ने वा अन्यन्त्र पठाउने भन्ने बिषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । ‘संक्रमितहरुमा ज्वरो आउने खोकी लाग्ने, घाटी दुख्ने लगायतका लक्षणहरु देखिएका छन् करिब हप्ता दिन भइसक्यो, उहाँले भन्नुभयो, ‘लक्षण देखिएकाले कहाँ राख्ने भन्ने बारेमा निर्णय भइसकेको छैन ।

यता आज नै वडा नम्बर ३ का २२ बर्षिय पुरुषमा कोरोना पुष्टी भएको थियो । चितवनबाट घर आएका उनको चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गरिएको थियो । संक्रमित युवक सुरक्षा निकायमा कार्यरत रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology