Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रविन श्रेष्ठले ल्याए प्रदेशीको कहानिमा आधारित मन छुने दशैंगीत ‘धेरै धोका खाको’ (भिडियो सहित )


17.6K
Shares

प्रविन श्रेष्ठले ल्याए प्रदेशीको कहानिमा आधारित मन छुने दशैंगीत ‘धेरै धोका खाको’ (भिडियो सहित )

काठमाण्डौ २०, असोज । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएको छ। नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालीहरुको महान् पर्व बडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गीतहरु सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ । प्राय प्रदेशी हुनुको पिडालाई नै गीतमा प्रस्तुत गरिएको पाईन्छ ।

पछिल्लो समय चन्द्र सुर्य म्युजिक ग्रुपको प्रस्तुतीमा दशैंतिहारको शुभकामना सहित दशैको सांगीतिक कोसेली ‘धेरै धोका खाको’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।चर्चित लोकप्रिय गायिका देवी धर्तिमगर र गायक प्रविन श्रेष्ठको सुमधुर स्वरमा सजिएको उक्त गीतमा प्रविन श्रेष्ठ र सुनिल सागरको उत्कृष्ट शब्द सृर्जना रहेको छ भने विष्णु शाहीको लय सृजना रहेको छ । प्रदेशी र घरदेशी विचको बास्तविकतालाई गीत मार्फत प्रस्तुत गरिएको छ ।

माने चाँड म साथमा नभानी , सम्झिएर दुर्गा र भवानी
दिए भने ऋण लिनु कसैलाई , जसोतसो टार्नु है दशैलाई

गीतमा निकै मनछुने मार्मिक शब्दहरु प्रयोग भएका छन् भने कतिको जीवनमा त मेल पनि खाएको छ । गितको अडियो मात्रै नभई भिडियो पनि निकै उत्कृष्ट वनेको छ । चर्चित निर्देशन मदन खड्काको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समयमा उत्कृष्ट मोडेल कलाकार सारिका केसी, डम्बर , अनुपा , नविन , प्रगती लगायत थुप्रै कलाकारहरुको मनछुने अभिनय रहेको छ ।

समस्तमा गीतको म्युजिक भिडियो निकै उत्कृष्ट र मन छुने बनेको छ । गीतको म्युजिक भिडियोमा विरेन्द्र भट्ट छायाँकन एवंम अमृत चापागाईको सम्पादन रहेको छ ।सांगीतिक बजारमा निकै प्रतिस्पर्धाको साथ नयाँ नयाँ सिर्जना लिएर अघि बढ्ने चन्द्र सुर्य म्युजिक ग्रुपको यो पहिलो दशै कोसेलिमा स्वसथानी गुरुङ , अमृत तामाङ , एलएक्स मगर , निलु तामाङ , माया तामा लगायक व्यक्तिहरुको विशेष सहयोग गीतमा रहेको छ ।

गीतको म्युजिक भिडियो Devi Ghatri Magar को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology