Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा एकैदिन हिरासतमा रहेका २ ब्यक्ति र ९ प्रहरी सहित १८ जनामा कोरोना पुस्टि


3.5K
Shares

गोरखामा एकैदिन हिरासतमा रहेका २ ब्यक्ति र ९ प्रहरी सहित १८ जनामा कोरोना पुस्टि

गोरखा १९, असोज । गोरखामा आज एकैदिन प्रहरी हिरासतमा रहेेका २ ब्यक्त्ति  र ९ प्रहरी सहित १८ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गोरखा नगरपालिका वडा नम्बर ११ स्थित बाह्रकिलो प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत ९ प्रहरीमा कोरोना संक्रमणको पुष्टी भएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले जानकारी दिनुभयो ।

बाह्रकिलोका एक प्रहरीमा केहीदिन अघि कोरोना पुष्टी भएपछि उहाँको सम्र्पकमा रहेकाहरुको गएको १६ गते स्वांब संकलन गरि परीक्षणका लागि पठाइएकोमा बाह्रकिलो प्रहरी चौकीका ३७, ३३, ३३, २७, २६ र २५ बर्षका ६ पुरुष र २६ र ३६ बर्षका २ महिला प्रहरीको रिर्पोट पोजेटिभ आएको उहाँले बताउनुभयो ।

त्यस्तै प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीका १२ र ३ बर्षका बालकमा पनि कोरोना संक्रमणको पुष्टी भएको रेग्मीले जानकारी दिनुभयो । स्वास्थ्य शाखा प्रमुख रेग्मीका अनुसार जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका बर्ष ३० र ४४ बर्षका २ जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ भने कार्यालयमा कार्यरत ४८ बर्ष एक प्रहरीमा पनि कोरोना पुष्टी भएको छ ।

शाखा प्रमुख रेग्मीले आज नै बाह्रकिलोमा व्यवसाय गर्दै आएका गोरखा नगरपालिका वडा नम्बर १० र १४ का ३० र ४४ बर्षका महिला र २२ बर्षका एक पुरुष, दुबईबाट आई होम क्वारेन्टिनमा बस्दै आएका वडा नम्बर ११ का बर्ष ३३ का एक पुरुष, बिराटनगरबाट आई होम क्वारेन्टिनमा रहेका ५८ बर्षका एक शिक्षकमा पनि कोरोना पुष्टी भएको जानकारी दिनुभयो । गोरखा नगरपालिका भित्र संक्रमण पुष्टी भएका सवैको कन्ट्रयाक्ट ट्रेसिङमा परेर स्वाब संकलन गरिएको थियो ।

यता आज नै जिल्लाको पालुङनगरपालिका वडा नम्बर ९ का ३३ बर्षका पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । संक्रमण पुष्टी भएका उहाँको पनि कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएको थियो ।

यो सहित गोरखा जिल्लामा कुल संक्रमितको संख्या ३०४ जना पुगेको छ । जसमध्ये गोरखा जिल्ला भित्र स्वाब संकलन गरिएका २७२ र जिल्ला भन्दा बाहिर स्वाब संकलन भएर पोजेटिभ देखिएका ३२ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology