Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पालुङटार नगरपालिकाले रोक्यो वडा नम्बर ८ ले प्रदान गर्दै आएका सवै सेवा


3.4K
Shares

पालुङटार नगरपालिकाले रोक्यो वडा नम्बर ८ ले प्रदान गर्दै आएका सवै सेवा

गोरखा १९, असोज । गोरखाको पालुङटार नगरपालिकाले वडा नम्बर ८ ले वडा कार्यालयका सवै सेवा बन्द गरेको छ । वडा कार्यालयले वडाका एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएपछि संक्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै संक्रमितको व्यक्तिको सम्पर्कमा रहेकाहरुको कोरोना रिर्पोट नआउदासम्मका लागि वडा कार्यालयबाट प्रदान गर्दै आएको सवै सेवा बन्द गरेको पालुङटार नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अघिकृत तेजराज शर्माले एक सूचना प्रकाशन गरि संक्रमिकको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणेका रिर्पोट प्राप्त भएपछि मात्र वडा कार्यालयको सेवा सूचारु गर्ने जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology