Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

दशै मनाउन घर आउजाउ नगर्न सरकारको आग्रह


4K
Shares

दशै मनाउन घर आउजाउ नगर्न सरकारको आग्रह

काठमाण्डौ १९, असोज । सरकारले अहिले बसोबास भइरहेको स्थानबाट यसपालीको दसैँ मनाउन अपिल गरेको छ । कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण बढिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दसैँका लागि यात्रा नगर्न आग्रह गरेको हो ।

कोरोना भाइरस सम्बन्धी नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार यस्तो आग्रह गर्नुभएको हो । साथै जनस्वास्थ्यको मापदण्डमा कडाइ गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको पनि मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो । काठमाडौँ उपत्यकामा कोरोनाका सङ्क्रमित थपिने क्रम दैनिक रुपमा बढिरहेको छ ।

आइतबार मात्र काठमाडौँका १ हजार ३ सय ७३, ललितपुरका १ सय ८७ र भक्तपुरका ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology