Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टी


1.8K
Shares

गोरखा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टी

गोरखा १८, असोज । गोरखामा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ५ का एक पुरुष र वडा नम्बर ९ की एक महिलामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण पुष्टी भएकी वडा नम्बर ९ ढुङगेटारीकी ५० बर्षिया महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ । महिला उपचारका लागि अस्पताल पुगेका बेला कोरोना परीक्षण गर्दा संक्रमणको पुष्टी भएको निर्देशनालयले जनाएको छ । यही असोज १२ गते उहाँ चितवनमा उपचारका लागि जानु भएको थियो ।

अहिले संक्रमण पुष्टी भएकी उहाँ अस्पतालको आइसोलेसनमा रहनु भएको निर्देशनालयले पुष्टी गरेको छ । त्यस्तै अर्का एक संक्रमित वडा नम्बर ५ का ४० बर्षका पुरुषको कन्ट्रयाक्ट ट्रेसिङ पछि गरिएको पिसिआर परिक्षणका क्रममा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology