Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखामा यो बर्ष ४१ शिर्षकमा ५ करोड ३५ लाखको कार्यक्रम


3.2K
Shares

भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखामा यो बर्ष ४१ शिर्षकमा ५ करोड ३५ लाखको कार्यक्रम

गोरखा १८, असोज । भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखामा चालु आर्थिक बर्षका लागि बिभिन्न ४१ शिर्षकमा ५ करोड ३५ लाख ८७ हजार रुपैया बजेट स्विकृत भएको छ । केन्द्रले आज कार्यालयमा एक कार्यक्रमको अयाोजना गरि चालु आर्थिक बर्षको बजेट योजना तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रम अन्तरगत यो बर्ष गोरखा जिल्लामा ३ वटा नयाँ कार्यक्रम थप भएको केन्द्रका प्रमुख डा. इन्द्रबहादुुर भट्टले जानकारी दिनुभयो । ‘भैसी बिकास कार्यक्रम, पशुपन्छी बिमा संरक्षण प्रिमियर २५ प्रतिसत अनुदान र पशुमा पूर्ण खोप कार्यक्रम जिल्लाका लागि नयाँ कार्यक्रम हो, उहाँले भन्नुभयो, ‘स्विकृत भएर आएका कतिपय कार्यक्रमहरुको अझै कार्यबिधि आउन भने बाँकी छ ।’ कार्यबिधि प्राप्त भएका योजनाहरु कार्यान्वयन चरणमा गइसकेको कार्यालय प्रमुख प्रमुख डा. भट्टले जानकारी दिनुभयो ।

प्राप्त बजेट मध्ये प्रशासनिक खर्च अन्र्तगत १ करोड २३ लाख ४ हजार रुपैया रहेको भने कार्यक्रम खर्च अन्र्तगत ४ करोड ३३ लाख ३ हजार रुपैया रहेको उहाँले बताउनुभयो । कार्यक्रम खर्च अन्तरगत जिल्ला भित्र साना व्यवसायि फार्म स्थापनाका लागि चालु आर्थिक बर्षमा ८७ लाख रुपैया प्राप्त भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा नयाँ कार्यक्रमको रुपमा आएको पशुपन्छी बिमा संरक्षण प्रिमिय २५ प्रतिसत अनुदानका लागि ४२ लाख, भैसी बिकास कार्यक्रमका लागि ३० लाख, पशुमा पूर्णखोप कार्यक्रमका लागि ७० लाख रुपैया प्राप्त भएको डा. भट्टको भनाई छ ।

चालु आर्थिक बर्षमा गोरखा जिल्लामा पशुसेवा बिज्ञकेन्द्र अन्र्तगत पशु स्वास्थ कार्यक्रमका लागि ८३ लाख ८० हजार रुपैया रकम प्राप्त भएको उहाँले जानकारी दिनुभयो । प्रमुख डा. भट्टले जिल्लामा यो बर्ष मत्स्य व्यवसायी उपकरण बितरण, पशुपन्छी तथा मत्स्य व्यवसाय प्रर्बद्धन कार्यक्रम, मत्स्य पोखरी निर्माण, माछाको भुरा खरिद ढुवानी अनुदान, उन्नत नस्ल पाडीको बाच्छी हुर्काउने कार्यक्रम, गार्ई, भैसी, भेडा, बाख्रा, बंगर र कखुराको पकेट क्षेत्र बिस्तार कार्यक्रम पनि रहेको बताउनुभयो ।

उहाँले अहिलेसम्म कुल कार्यक्रम मध्ये ७ वटा कार्यक्रम सञ्चालनका लागि कार्यबिधि प्राप्त भएको र अन्य कार्यक्रमको कार्यबिधि आउन बाँकी रहेकाले कार्यबिधि आएका कार्यक्रमहरु कार्यान्वय सुरु भइसकेको तथा कार्यबिधि आउन बाँकी कार्यक्रमको कार्यबिधि प्राप्त भएलगत्तै कार्यान्वयन अघि बढाइने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology