गोरखा १७ असोज । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका गोरखा जिल्ला भित्रका सामुदायिक तथा सस्थागत बिधालयहरु भोलीदेखि खुल्ने भएका छन् ।
संक्रमण फैलनसक्ने जोखिमका कारण भर्चुअल बिधिबाट पठन भइरहेको जिल्लाका सवै बिधालयहरुमा भोलीदेखि प्रत्यक्ष पठन विधिअनुसार पठनपाठन गराउन पाउने गरि जिल्ला स्तरीय कमाण्डपोष्ट निर्णय गरेपछि बिधालयहरु खुल्न लागेका हुन् ।
कमाण्डपोष्टले सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिधालय सञ्चालनका खुल्न दिने निर्णय गरेको थियो । कमाण्ड पोष्ट निर्णय पछि जिल्ला भित्रका स्थानीयतहरुले पनि आफ्ना मातहतका बिधालयकहरुलाई मापदण्ड बनाएर बिधालय सञ्चालनका लागि निर्देशन दिईसकेका छन् ।
गोरखा जिल्लामा ४ सय १९ वटा सामुदायिक र ४२ वटा निजी विद्यालयमा सञ्चालनमा रहेका छन् ।