Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा ५ जना कोरोना संक्रमित थपिए, थपिएका २ भारतबाट आएका ब्यक्ति


2.8K
Shares

गोरखामा  ५ जना कोरोना संक्रमित थपिए, थपिएका २ भारतबाट आएका ब्यक्ति

गोरखा १७, असोज । गोरखा जिल्लाको ३ स्थानिय तहमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्लाको गोरखा नगरपालिका, बारपाक सुलिकोट र आरुघाट गाउँपालिकामा ५ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।

संक्रमण देखिएका मध्ये ३ जना पुरुष र २ जना महिला रहेका छन् । यो संगै गोरखामा संक्रमितहरुको कुल संख्या २८६ पुगेको छ । जस मध्ये जिल्ला भित्रै स्वाब संकलन गरीएको २५४ जना र जिल्ला बाहिर स्वाब संकलन भएर कोरोना देखिएका ३२ जना रहेका छन् ।

संक्रमण देखिएको बारपाक सुलिकोट गाउँपालिकाका २ जना भारतबाट आएका हुन् । गाउँपालिकाको ३ स्वाँराका ३० बर्षिय पुरुष र ८ पन्द्रुङका ३८ बर्षिया महिला केही साता अगाडी मात्र भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

त्यस्तै गरी जिल्लाको आरुघाट गाउँपालिका ४ का ४५ बर्षिय पुरुष भने काठमाण्डौंबाट आएका हुन । उनी पनि केही दिन अगाडी मात्र काठमाण्डौबाट फर्किएका थिए ।

उता गोरखा नगरपालिका १२ मा ४९ बर्षिया महिला र ५७ बर्षका पुरुषमा समेत संक्रमण देखिएको छ । दुवै जनाको कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरिएको थियो ।

संक्रमित ५ जनाकै स्वाब क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षण गराईएको हो । सबैलाई आईसोलेसनमा लैजाने तयारी भई रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology