गोरखा १६, असोज । गोरखाका बिभिन्न ६ वटा स्थानीय तहहरुमा कोरोना प्रतिकार्य कार्यक्रम सहयोग प्रदान गरिएको छ । श्री स्वाँरा सघन गाउँ विकास केन्द्र, गोरखाले UKAID को आर्थि सहयोग,, Mott Macdonald को व्यवस्थापनमा सञ्चालित पूर्णिमा परियोजना अन्र्तगत केएर नेपाल सँगको साझेदारी स्थानीय तहहरुलाई सहयोग प्रदान गरिएको हो ।
स्थानीय सरकारसँगको समन्वयमा पूर्णिमा कोभिड —१९ खानेपानी सरसफाई तथा स्वच्छता प्रतिकार्य कार्यक्रम अन्तरगत जिल्लाको सिरानचोक गाउँपालिका, अजिरकोट, शहिदलखन, गण्डकी, धार्चे र चुमनुब्री गाउँपालिकालाई सहयोग प्रदान गरेको संस्थाले जनाएको छ ।
परियोजना अन्र्तगत क्वारेन्टाइन सेन्टरहरुमा खुट्टाको सहायताले हात धुने मेसिन जडान, क्वारेन्टाइन सेन्टरमा वस्ने व्यक्तिहरुलाई व्यक्तिगत सरसफाई र स्वच्छताका लागि हाइजिन कीट बितरण, नुहाउने स्थल निमार्ण शौचालय निर्माण, क्वारेन्टाइन सेन्टरको निसंक्रमण कीट, क्वारेन्टाइन सेन्टर तथा स्वास्थ्यचौकीका लागि सरसफाई सामग्री, स्वास्थ्य संस्थाहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराएको जनाइएको छ ।
सोही परियोजना अन्र्तगत शुक्रबार (आज) गण्डकी गउँपालिकालाई १५० सेट पुरुष र २० सेट महिलाले प्रयोग गर्ने हाइजिन कीट गाउँपालिका अध्यक्ष होम बहादुर राना लाई हस्तान्तरण गरेको जनाइएको छ । प्राप्त सहयोगले गाउँपालिकालाई क्वारेन्टाइन केन्द्रहरुको व्यवस्थापनमा सहयोग पुग्ने कुरा अध्यक्ष रानले बताउनुभयो ।
परियोजना अन्तरगत भित्रका सम्पूर्ण स्वास्थ्य चौकीहरुलाई करिब ३० हजार वरावरको स्वास्थ्य, सरसफाई र व्यक्तिगत सुरक्षा सामग्रि पनि हस्तान्तरण संस्थाले जनाएको छ । परियोजना मार्फत गण्डकी गाउँपालिकाको ८ वटा स्वास्थ्य चौकी र १२ वटा क्वारेन्टाइन सेन्टरमा खुट्टाको सहायताले हात धुने मेशीन जडान भएको छ भने आबश्यकताका आधारमा वाथरुम र शौचालय समेत निर्माण गरिदिएको जनाइएको छ ।